Categories शिक्षा

यस वर्षको एसइई यही शुक्रबारबाट शुरु हुँदै, ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने

Advertisement

वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १७ गते अर्थात शुक्रबारबाट शुरु हुँदैछ । परीक्षामा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुने एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।  तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।

Advertisement

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठको भनाई छ ।

Advertisement

जिल्ला शिक्षा समन्वय इकाई समिति पर्साका अनुसार यस पटकको एसइई परिक्षामा पर्सा जिल्लाबाट ९ हजारभन्दाबढी विद्यार्थी सहभागी हुने भएका छन् । इकाईले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लाबाट १ सय ८५ प्राविधिकतर्फका र ८ हजार ९ सय ८० गरी ९ हजार १ सय ६५ जना विद्यार्थीले एसइई परिक्षा दिने भएका हुन् ।

परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन इकाईले पर्सामा २५ वटा परीक्षा केन्द्र तोकेको छ । प्रत्येक परीक्षा केन्द्रमा केन्द्र अध्यक्षसहित १० जना शिक्षक, १० जना प्रहरी र तीन जना कार्यालय सहयोगी गरी २३ जना जनशक्ति परिचालन गरिने तयारी भइरहेको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *