Categories समाचार

वीरगन्जमा जनमत पार्टीको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, प्रेस जनमत गठन

Advertisement

वीरगन्ज । पर्सामा लाेकतान्त्रिक समाजवादी पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

वीरगन्जमा शनिबार आयाेजित कार्यक्रममा लाेसपाका जिल्ला सचिव राजनारायण मिश्रासहितका नेताहरु जनमतमा पार्टीमा प्रवेश गरेका हुन् । मिश्रासंगै लाेसपाकी महिला संगठनकि जिल्ला अध्यक्ष अंजना गुप्ता,लोसपाका वीरगन्ज महानगर सचिव संजय पटेल, युवा नेता मनोज साह, मोहम्मद शेख अरशद,मोबाइल एसोसिएशन पर्साका  अध्यक्ष महादेव शर्मा,युवा अभियन्ता आशिष श्रीवास्तव, सत्युग साह,रेखा सरार्फ, विणा श्रीवास्तव  लगायत १२० जना जनमत पार्टी प्रवेश गरेकाे जनमत विद्यार्थी संघका अध्यक्ष राजुराज गिरिले जानकारी दिए।

Advertisement

जनमत पार्टीका जिल्ला इन्चार्ज माधव सिंहकाे प्रमुख आतिथ्यता एंव जिल्ला संयाेजक ओमप्रकाश सर्राफकाे अध्यक्षतामा भएकाे पार्टी प्रवेश कार्यक्रममा नजमा खातुन, सुजित चौरसिया,नरेश पटेल, दिपेन्द्र यादव लगायतकाे पनि उपस्थिति थियाे ।

Advertisement

त्यसअवसरमै पत्रकार मुना ठाकुरको अध्यक्षतामा ९ सदस्यीय प्रेस जनमत संघकाे जिल्ला कार्य समिति पनि गठन गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *