वीरगन्ज । प्रेस लेखेको गाडीमा लागु औषध ओसारपसार गरिरहेको अवस्थामा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजन्ती चौक नजिकैबाट लागु औषध बोकेको प्रेस लेखेको गाडी नेपाल प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडाका ४७ वर्षका गोपाल बहादुर च्यांगतान रहेका छन् ।
भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बा.७.च ४६४२ नम्बरको कारलाई रोकेर चेकजाच गर्दा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए ।
बा.७.च ४६४२ नम्बरको कारमा निगरानी अनलाइन डट
कम लेखेको र कारको बर्नट भित्र लुकाई छिपाई नेपाल
भित्रयाउने क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी
कार्यालय पर्साले जनाएको छ ।
लागु औषध ओनेरेस १९८ पिस र नाड्ट्रो भेट २४० पिस सहित कार र चालकलाई नियन्त्रणमा लिइएको बुढाथोकीले जानकारी गराए । लागु औषध सहित उनलाई नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।








