Categories समाचार

क्राइम ब्रान्चको व्यक्ति हु भनी मोटरसाइकल चोरी गर्ने पक्राउ

धनुषा । धनुषा प्रहरीले जनकपुरधामबाट मोटरसाईकल चोरी गर्ने यूवकलाई पक्राउ गरेको छ ।

धनुषा प्रहरीले जनकपुरधाम उप-महानगरपालिका वडा नं. १९ थमौना टोलमा बस्ने अ. वर्ष १९ को टिका यादवलाई चोरी भएको मोटरसाईकल र ब्लुबुकसहित पक्राउ गरेको छ ।

Advertisement

पक्राउ परेको यूवकले गत आईतबार आफुलाई क्राइम ब्रान्चको व्यक्ति हु भनी मोटरसाइकलको ब्लु बुक निकाल्न लगाई, मोटरसाईकल चोरीको हो अनुसन्धान गर्न जिल्ला चेक जाचको लागि लग्नु पर्छ” भनी झुक्याई डर त्रास देखाइ प्रदेश २-०२-००५ प ६९ नम्बरको मोटरसाइकल र सोको ब्लु बुक चोरी गरि लगेका थिए ।

Advertisement

पक्राउ परेका युवकमाथी चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *