Categories समाचार

महेन्द्र नारायण निधीको १०१ औ जन्म ज्यन्ती बिरगंजमा मनाइयो ।

बिरगंज । महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठान पर्साले आज शुक्रबार १०१ औ जन्म ज्यन्ती एक कार्यक्रमको आयोजना गरि मनाएको छ । प्रतिष्ठान पर्साका अध्यक्ष जवाहर प्रसाद गुप्ताको अध्यक्षता एवम वीरगञ्ज महानगरपालिकाका उपप्रमुख सुश्री शान्ति कार्कीेको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा नेपाली काग्रेसका नेता डाक्टर हरेराम ठाकुर, दिलीप शर्मा बराल, बिजय पौडेल, रामप्रसाद चौहान, अशोक कुमार कलबार, लालबाबु सिंह लगायतकाको सम्बोधन गर्नु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथी शान्ती कार्कीले स्व. निधि देश कै अनमोल धरोहर रहनु भएको बताउदै उहाको देश जनता एवम प्रजातन्त्र प्रतिको लगावले नै उहाँ देश जनतामा सर्वाधिक लोकप्रिय हुनुहुन्थ्यो । उहाको सादा जीवन उच्च बिचारले उहाँ मधेशको प्रणेताको रुपमा मानिन्छन् । उहाले देखाएको बाटोमा आजको पुस्ताले हिडन सके काङ्ग्रेस मात्र हैन कि देश नै सबल र मजबुत हुन्छ भन्ने कुरामा जोड दिदै पुराना कर्मठ त्यागी नेता कार्यकर्ताहरुलाइ पार्टिले उचित सम्मान दियेर अग्रपंक्तिमा राखे स्व. निधि प्रती सच्चा श्रद्धाञ्जली हुनेछ भनी बताउनु भयो ।

Advertisement

कार्यक्रममा महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठानका उपाध्यक्ष डाक्टर हरेराम ठाकुरले प्रजातन्त्र स्थापनकामा नेता महेन्द्र नारायण निधीको भुमिका उलेख्नीय रहेको बताउनु भयो । सादा जिवन उच्च बिचारको नितिमा हिड्ने वहाँ नेपाली काङ्ग्रेसको लागि प्रेरणादायी श्रोतको रुपमा रहेको पनि बताउनु भयो ।

Advertisement

कार्यक्रमका अर्का वक्ता काङ्ग्रेसका नेता तथा प्रतिष्ठानका कोषाध्यक्ष दिलिप शर्मा बरालले मधेशमा वहाँलाई महात्मा गान्धीको रुपमा चिनिने गरेको बताउनु भयो । उहाको नाममा पुरस्कार स्थापना गर्नु पर्नेमा बरालले जोड दिनु भयो । उहाको चर्चा बेला बखतमा भई रहनु पर्छ । नया पुस्तालाई यस प्रकारको चर्चा परिचर्चाले नयाँ सन्देश तथा संघर्ष गर्ने प्रेरणा मिलने गरेको हुन्छ ।

प्रतिष्ठानका अध्यक्ष जवाहर प्रसाद गुप्ताले स्व. निधिको अथक साहस र त्यागले नेपाली काङ्ग्रेस सहित देश र जनतामा उहाँ निकै लोकप्रिय नेता हुनुहुन्थ्यो र खास गरि उहालाइ मधेशको प्रणेता पनि भनिन्थ्यो । उहाले देखाएको त्याग तपस्या र मेलमिलापको बाटो आज अझ बढी प्रासंगिक भएको र यसलाइ अङ्गिकार गरि देश जनताको सेवा सहयोग गर्नु पर्ने समय आएकोमा जोड दिदै उहाँ प्रती हार्दिक श्रद्धा सुमन अर्पण गरि सहभागी सम्पुर्ण लाई धन्यवाद पनि ज्ञापन गरेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष हरेराम ठाकुरले गर्नु भएको थियो भने सहजीकरण सचिव राम राज्य यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *