Categories खेलकुद समाचार

बहुअर्वामा मुखिया कप क्रिकेट प्रिमियर लिग सिजन सुरु

वीरगञ्ज । पर्सा गढी नगरपालिका को वडा नं ५ टोल बहुअर्वा मा आज देखि मुखिया कप क्रिकेट प्रिमियर लिग सुरु भएको छ।
पर्सा गढी नगरपालिका वडा नं ५ का बहुअर्वा युवा समाज को आयोजना मा मुखिया को क्रिकेट प्रिमियर लिग सुरु भएको छ। बहुअर्वा युवा समाज का अध्यक्ष जैरुलहक मियाँको अध्यक्ष मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्सा गढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलमको प्रमुख आतिथ्यतामा मुखिया कप क्रिकेट प्रिमियर लिग सुरु भएको छ। मुखिया कप क्रिकेट प्रिमियर लिग मा पर्सा जिल्लाको १६ वटा क्रिकेट टिम ले भाग लिएको संस्था का अध्यक्ष जैरुल हक ले बताए।

पर्सा जिल्लाको इतिहास मा पहिलो पटक मुखिया कप क्रिकेट प्रिमियर लिग सुरु भएको र यो खेल निरन्तर हुने प्रमुख अतिथि एवं युवा नेता वडा नं ५ का वडा अध्यक्ष असलम आलम ले प्रतिबद्धता व्यक्त गरेका छन्। युवाहरु समाजका गहना हुन् र युवा हरुको लागि खेलकुद आवस्यक रहेको बताए। हाम्रो समाजका युवाहरु ले भोलि को दिनमा देश विदेशमा समेत पर्सा गढी नगरपालिका वडा नं ५ को नाम चिनाउने मा खेलेको माध्यमबाट युवा तथा खेलाडीहरुले सहयोग गर्ने बताएकाछन्।

Advertisement

मुखिया कप क्रिकेट प्रिमियर लिग को उद्घाटन रिबन काटी र वडा अध्यक्ष असलम ले बैटिग्ङ युवा नेता दिपु वर्णवाल ले बलिग्ङ गरेर खेल को सुरुवात गरेका हुन्।

Advertisement

सो कार्यक्रममा विशिष्ट अतिथि पर्सा गढी नगरपालिका का फिल्ड सुपरभाइजर शम्भु पडित , अतिथि मंसुर आलम, विकाउ राय भर, रफुल मियाँ,दिपु वर्णवाल, रमेश यादव ,आमोदिन मियाँ,अमरोदिन मियाँ,शैनुलाह मियाँ,सकुर मियाँ,लालमहम्द मिया ँ, बिरेन्द्र मण्डल लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। भने कार्यक्रम मा स्वागत मन्तव्य मंजु मण्डल ले राख्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *