Categories समाचार

सांसद यादवमाथिको कारवाही फिर्ता, केन्द्रिय सदस्यसहित थप जिम्मेवारी दिने निर्णय

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी बैठकले पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदिप यादवमाथि गरिएको कारवाही फिर्ता लिएको छ ।

सांसद यादवमाथि गरिएको कारवाही फिर्ता लिनुका साथै उनलाई केन्द्रिय सदस्यमा पुर्नबहाली गर्ने कार्यकारिणी बैठकले निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सांसद यादवलाई थप जिम्मेवारी दिने पनि निर्णय भएको छ ।

Advertisement

यसबिचमा उनले पार्टीका लागि गरेका कामहरुको मूल्याङ्न गर्दै र जोश र जाँगरसहितका नेतालाई अवसर दिनुपर्ने निस्कर्ष निकाल्दै बैठकले केन्द्रिय सदस्यको जिम्मेवारीका साथै थप जिम्मेवारी सुम्पिने निर्णय गरेको केन्द्रिय कार्यकारिणी सदस्य अधिकारीले बताए ।

Advertisement

कारवाही फिर्ता लिएसँगै सांसद यादवले खुशी व्यक्त गरेका छन् । सांसद यादवले पार्टीप्रतिको दृढ संकल्प र योगदानलाई अँझै सशक्त ढंगले निरन्तरता दिनुका साथै पर्सा जिल्लासँगै देशैभर जसपालाई सशक्त पार्टीका रुपमा स्थापित गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *