वीरगंज । पहिलो पाइला नेपालकाे आयाेजनामा आज सेनेटरी प्याड वितरण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज ग्रिन सिटी सामुदायिकको कार्यालय अगाडि भएकाे कार्यक्रममा कलेजको विधार्थीद्धारा जनचेतनामूलक अभिनय गरिएको पहिलो पाइला संस्थाका अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए ।
ग्रिन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानको प्रमुख आथित्यमा भएको कार्यक्रममा अतिथि युवा नेता ओमप्रकाश सरार्फ, नन्दन चौरसिया, राजु श्रेष्ठ रहनुभएको थियोे ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मधु प्रजापति (उपाध्यक्ष – केन्द्रीय सदस्य ), मनिष चालिसे(सचिव), राज शाह (उपसचिव), सानु गुप्ता (कोषाध्यक्ष), सुमित गुप्ता (संयुक्त कोषाध्यक्ष), रोहित कलवार (कार्यसमिति सदस्य), एमडी जियाउल (बोर्ड सदस्य), चितरञ्जन प्रजापति, राहुल शाह, भक्ति अग्रवाल ,किशन अग्रवाल , इरशाद अन्सारी , शेखर अग्रवाल, स्मृति कश्यप , कृति श्रेष्ठ, विवेक सर, रोहित गुप्ता, सत्येन्द्र गुप्ता, राजाबाबु महतो, नबिल समानीको सहभागी रहनुभएको थियो ।







