Categories समाचार समाज

मातेश्वरी टुर्स एण्ड ट्राभल्सद्वारा विभिन्न क्षेत्रबाट समाजमा योगदान दिएका महिलालाई सम्मान

Advertisement

वीरगञ्ज । ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ ११२ औँ अन्तर्राष्ट्रि नारी दिवस वीरगञ्जमा पनि मनाइएको छ । मातेश्वरी टुर्स एण्ड ट्राभल्स प्रा.लि. ले दिवसको अवसरमा शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रबाट समाजमा योगदान दिएका महिलाहरुलाई सम्मान पत्रमार्फत सम्मान गरेको हो ।

प्रा.ली.की प्रबन्ध निर्देशक दिपिका कार्कीको सभापतित्वमा भएको कार्यक्रममा बिबिसी नेपाली सेवाकी पर्सा जिल्ला संवाददाता एवम् सामुायिक रेडियो नारायणी एफ एम की समाचार प्रमुख माधुरी महतो, युवा कवियत्री प्रिया मिश्रा, समाजसेवी उशा शाह, सानो पाइला बचत तथा ऋण सहकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातुन, ब्युटिसियन गुड्डी जोशी, शिक्षिकाद्वय किरण बाला र शान्ति केसी, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरकी लालुमाया महतो, डा. मधु रौनियार, महिला उद्यमी एवम् बुमेन स्किल सेन्टरकी प्रमुख चञ्चला दास, स्टाफ नर्स मनिषा पाण्डे लगायत १५ जनालाई सम्मान गरिएको छ ।

Advertisement

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले महिलाहरु आत्मनिर्भर भएमा मात्रै सशक्त हुने बताए । महिलाहरु आत्मनिर्भर भएर आयआर्जन गर्न सकेमा कसैले हेप्न नसक्ने डा. गुप्ताको भनाई छ । विगतमा १ जना महिला हुने उद्योग वाणिज्य संघमा कम्तिमा २० जना महिलाहरुलाई सहभागी बनाएर उद्यमशिलतातर्फ उन्मुख गराएको डा. गुप्ताले बताए । आगामी दिनमा महिला उत्थान एवम् महिला सशक्तिकरणका लागि विभिन्न प्रशिक्षण तथा तालिमहरुको व्यवस्था गर्ने प्रतिबद्धता पनि डा. गुप्ताले व्यक्त गरेका छन् ।

Advertisement

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगञ्ज महानगर समितीका अध्यक्ष ओमप्रकाश सर्राफले महिलाहरुको हक अधिकार प्रत्याभुतीका लागि आफै आवाज उठाउनुपर्नेमा जोड दिए । सबलता र सक्षमता भएमा समानता स्वतः हुने र यसले समाज परिवर्तनमा पनि योगदान पुग्ने सर्राफको बुझाई छ ।
वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले युवाहरुले पनि महिला हिंसा जस्ता कुरितिहरुको विरुद्धमा आवाज उठाउनुपर्ने बताए । महिलाहरु शिक्षित भए घर, समाज र राष्ट्र नै शिक्षित हुने र शिक्षाले शान्त र न्यायपुर्ण वातावरण निर्माण हुने चौगाईले बताए ।

समाजसेवी एवम् ब्युटिसियन गुड्डी जोशीले महिलाहरुको सहभागिता राज्यका हरेक निकायमा हुनुपर्ने बताइन् । आरक्षणको व्यवस्था पुर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने र ३३ प्रतिशतलाई बढाएर ५० प्रतिशत बनाउने लडाई जारी नै रहेको जोशीको भनाई छ ।
कार्यक्रममा ट्रेकिङ्ग एजेन्सी एशोसियसन अप नेपाल (टान) का केन्द्रिय अध्यक्ष खुम बहादुर सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै पर्यटकिय सम्भावना र पर्यटन क्षेत्रमा महिला सहभागिताका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा कवियत्री प्रिया मिश्र, मातेश्वरी ट्राभल्समा कार्यरत नेहा कर्णले सृजना वाचन गरेका थिए भने नविना श्रेष्ठले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । आआफ्नो क्षेत्रबाट समाजमा योगदान दिएका महिलाहरुलाई थप जिम्मेवार बनाउन प्रोत्साहन गर्ने अभिप्रायले सम्मान कार्यक्रम आयोजना गरिएको प्रा.ली.की प्रबन्ध निर्देशक दिपिका कार्कीले बताइन् ।

कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण वि.क. (शुभचिन्तक) ले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *