अन्जु कुमारी
वीरगन्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पोखरीया नगरपालिकाले र्र्याली तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले स्वास्थ्य स्वयम्सेविका , महिला स्वास्थ्यकर्मी , नगरपालिकाको महिला कर्मचारी लगायतलाई सम्मान गर्नुभएको हो । कार्यक्रमकी प्रमुख अथिती प्रदेश सभासद भीमा यादवले यस्ता सम्मान कार्यक्रमले महिलाहरुलाई हौसला प्रदान गर्ने गरेको भन्दै महिलाहरु हरेक क्षेत्रमा खुलेर आउनुपर्नेमा जोड दिनुभएको थियो ।
पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु , नगरपालिकाका प्रशासन प्रमुख , सामाजिक विकास शाखा प्रमुख , महिला तथा बालबालिका हाखा प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।







