Categories समाचार स्वास्थ्य

११२ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रक्तदान

Advertisement

बिरगंज । हरेक वर्षको मार्च ८ का दिन बिश्व भरी मनाउने अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ साथै पर्सा जिल्ला र बिरगंजमा पनि बिभिन्न ठाउँमा छुट्टाछुट्टै प्रकारको कार्यक्रम भएको हो ।

सोही दिवसको अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपाल, पर्साको आयोजनामा बिरगंजको राजभण्डारी कम्पलेसमा महिलाहरुको लागि महिलाहरुद्वारा रक्तदान भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम एसोसिएसन नेपाल पर्साका अध्यक्ष शत्रुघन नेपालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति एवं रक्तसञ्चार समितिका संयोजक श्रीमती मधुराणा रहनु भएको कार्यक्रममा २१ पुरुष सहित ४२ जनाले रक्तदान गर्नु भएको हो ।

Advertisement

रक्तदान गर्नेमा प्रीया खडकी, नुतन सरावही, निलम चौधरी, बिपला बखरेल, गोबिन्द देवकोटा, तिवारी यादव, रेनु सरार्फ, हर्ष सरार्फ, नौषाद अन्सारी, तबरेज अहम्मद, रोशनि श्रेष्ठ, अनुप अग्रवाल, अनिल हजरा, रुबि श्रेष्ठ, लगायतकोले रक्तदान गरेका थिए भने रक्तदान गर्नेलाइ प्रमुख अतिथी, कार्यक्रमको अध्यक्षले रक्तदान गर्ने ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।

Advertisement

कार्यक्रममा ब्लोदनका सचिव अरबिन्द सिह, सिवजी गुप्ता, प्रभा खडका, कोपिला साह,प्रीया मिश्र, पिया सिह, उर्मिला सापकोटा, कबिता खडका, डाक्टर लक्ष्मी थापा, सलमा खातुन, बिमला गुप्ता, ग्यासुदिन ठकुराइ, बलराम श्रेष्ठ, कमल चौगाइ, श्याम सरार्फ, बिनय गुप्ता, अजितम पान्डे, प्रकास थारु, मदन गुप्ता लगायतको उपस्थिति रहेको थियो भने रक्तसञ्चार केन्द्रका प्राबिधिक अधिकृत सौरभ राज पान्डेको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।
रक्तदान गर्नेहरुलाइ प्रमाणपत्र बितरण एवं फुल प्रदान गरि शुभकामना दिने कार्य गरिएको आकस्मिक रक्तदाता समुहका सचिव राजन श्रीवास्तवले जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *