Categories समाचार समाज

कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमतीलाई दु:ख दिने प्रहरी नियन्त्रणमा

Advertisement

बीरगन्ज। पर्सा प्रहरीले शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अन्य ३ जना व्यक्ति र कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमतीमाथि हिंस्रक कार्य गर्ने पर्सा धोबिनी गा.पा.वडा नं.५ महादेव भन्ने शेराजुल मियाँ र सोही ठाउँकी जोहरा खातुनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

Advertisement

निजहरुलाई उनीहरुको गाउँबाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाइएको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Advertisement

४६ वर्षीया जेठी श्रीमतीलाई उनका श्रीमान मियाँ र कान्छी श्रीमती खातुनले अन्य ३ जना व्यक्ति बोलाई घरको कोठामा बन्धक बनाई कुटपिट गरी पीडितको गुप्ताङ्गमा लठ्ठी पसाई गम्भीर घाइते बनाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । घटनामा पश्चात फरार रहेका आरोपीहरुमध्ये दुई जनालई पक्राउ गरिएको प्रवक्ता कुँवरले बताए ।

साथै घटना पश्चात तत्काल भारततर्फ फरार रहेका पीडितको पति, निजकै कान्छी श्रीमती र अन्य १ जना व्यक्तिको तदारूकताका साथ खोजतलास भइरहेको समेत उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *