वीरगञ्ज। ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ ११२ औँ अन्तर्राष्ट्रि नारी दिवस वीरगञ्जमा पनि मनाइएको छ । “इम्प्रूभिङ्ग वीरगंज ” संस्थाले दिवसको अवसरमा विभिन्न क्षेत्रबाट समाजमा योगदान दिएका महिलाहरुलाई सम्मान पत्र मार्फत सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष सरन गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा सरसफाइ गर्ने ६ महिला सहित ३५ जनालाई सम्मान गरिएको अध्यक्ष गुप्ताले जानकारी गराए ।
वीरगञ्जको घण्टाघर संगै रहेको पार्कमा ईजी ईट्सको सहकार्यमा गरिएको कार्यक्रमा प्रमुख अतिथि कञ्चन झा, विशिष्ठ अतिथि दिपक शाक्य , अतिथि सुष्मा तिवारी द्विवेदी, कनिका कौशिक, मीनाक्षी गुप्ता, उषा राणा रहनुभएको थियोे।
आ आफ्नो क्षेत्रबाट समाजमा योगदान दिएका महिलाहरुलाई थप जिम्मेवार बनाउन प्रोत्साहन गर्ने अभिप्रायले सम्मान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष गुप्ताले बताए।
संस्थाका कृष मिश्रा, जानु शर्मा, प्रथम बर्नवाल, नितु यादव, मानसी नेपाली लगायतको सहभागीता रहेको सो कार्यक्रम सहजिकरण जय यादवले गरेका हुन ।







