Categories समाचार

सांसद कुर्मीद्वारा होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

Advertisement

बिरगंज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्ला प्रदेश न.२ ( ख) का प्रदेश सभा सदस्य रमेश कुमार कुर्मीको निज निवास सिर्सिया वडा न.२५ मा भएको होलि मिलन कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादि पार्टि नेपालका वरिष्ठ नेता अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले होलिको विशेषता बारे प्रकाश पार्दै जसले अरुलाई बिगार गर्न खोच्छ , उ आफै समाप्त हुन्छ ।

त्यसैले होलि आपसि सदभाव तथा भाईचाराको सन्देश दिने पर्व भएकोले आजदिन पुराना रिश , राग र गल्तिहरुलाई बिर्सेर अगाडि बढने दिन भएकोले जसरि रंग जस्तो जिवन रङ्गिन हुन्छ त्यसैगरि सबैको जिवन रङ्गिन होस भन्दै होलिको सुभ कामना दिनु भएको थियो ।

Advertisement

सो कार्यक्रममा लोकतान्त्रिक समाजवादि पार्टी नेपालका जिल्ला अध्यक्ष पुरुषाेतम झा, शसिकपुर मिया, केन्द्रिय सदस्य एवं महिला नेतृ मुन्नि श्रीवास्तब , रम्भा मिश्रा , नेजामुदिन समानि , पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारि , उपाध्यक्ष युवराज खड्का लगायतकाको सहभागिता रहेको थियो ।

Advertisement

कार्यक्रम सन्चालन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बिरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *