वीरगञ्ज । केही साता अगाडी मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर नेकपा एमाले प्रवेश गरेका राजेशमान सिंह अब जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्न वार्ता शुरु गरेका छन ।
आफूसँग धोका भएको भन्दै एमाले पनि त्यागेर सिंहले जसपा रोज्न बाध्य भएको जनाइएको छ । सिंहले चैत ७ गते पोखरीया आयोजना हुने कार्यक्रममा जसपा प्रवेश गर्ने समेत चर्चा शुरु भएको छ।
संविधानसभा सदस्य राजकुमार गुप्ता समूहसँग वीरगञ्ज महानगरपालिकामा मेयरको टिकट पाउने आश्वाशनसहित सिंहले एमाले प्रवेश गरेका थिए । तर, एमाले पर्सा भित्रकै अर्को समूहले उनका प्रतिद्वन्द्वीसमेत रहेका वीरगञ्जका मेयर विजय सरावगीलाई पार्टी प्रवेश गराएपछि उनि अन्योलमा परेका थिए ।







