Categories समाचार

होलि पर्व सभ्य र भब्य ढङ्गले मनाउन आग्रह ।

Advertisement

बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले होली पर्वलाई बिकृति र अमर्यादित रुपमा नभैई सभ्य र भब्य रुपमा मनाउन आग्रह गर्नुभएको छ ।

समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरद्वारा बुधबार बिरगंजमा आयोजना गरेको चेतनामूलक र्‍याली एवं कार्यक्रमलाई सम्बोधन गर्दै एसपी बस्नेतले रङ्गहरूको पर्व होलीलाई उच्छृङ्खल गतिविधिबिना सभ्य भएर मनाउनु पर्नेमा जोड दिनुभयो ।

Advertisement

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदर्शनगरका पसल पसल पुगि, बाटोमा हिँड्ने पैदल यात्रु, मोटरसाइकल चालक अटोरिक्सा , कार लगायत अन्य सवारी चालकहरूलाई सचेतनामूलक सन्देश सहितको पर्चा वितरण गरिएको थियो ।

Advertisement

जबरजस्ती रङ्ग नलगाउन, सभ्य भएर होली मनाउन, देखासिकी र फजुल खर्च गरेर चाड नमनाउन, कसैको इच्छा विपरीत रङ्ग तथा लोला हान्ने काम नगर्न लगायतका सन्देशहरू पर्चामा उल्लेख गरिएको छ ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, प्रहरी चौकी आदर्श नगरका प्रहरी नायब निरीक्षक गौरीशङ्कर साह, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराइ , त्रिलोकिचन्द दारुका सहित सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतकाको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *