वीरगन्ज । पोखरिया नगरपालिका द्वारा आश्रम व्यवस्थापनको लागि रु १ लाख स प्रेम योगदान गरिएको छ।
मानवसेवा आश्रम बिरगंज शाखालाइ पोखरिया नगरपालिका द्वारा आ.ब ७८-७९ मा मानवसेवा आश्रमको सेवा लाइ थप सरल र सहज बनाउनको लागि रु १ लाख सहयाेग गरिएको हो।
उप – प्रमुख सल्मा खातुनद्वारा नगरस्तरीय बजेटबाट असहाय अशक्तकाे उद्धार र स्याहार का लागि रु १ लाखकाे चेक आश्रमलाई एक कार्यक्रम बिच हस्तान्नतरण गरिएको छ।
बिगतको दिनमा मानवसेवा आश्रमले पोखरिया नगरपालिका क्षेत्र बाट पनि बेवारिसे व्यक्ति हरु लाइ उदार गरेको साथै सेवाभाव ले दिनदुखीलाई हेरचार गरिरहेको यस आश्रमलाई सहयोग गर्न पाउदा राम्रो आभाष भइरहेको उप – प्रमुख खातुनले बताउनुभयो ।



