Categories समाचार समाज

शिवम टोल सुधार समितिद्वारा होली मिलन समारोह सम्पन्न। (फोटोफिचर सहित)

वीरगन्ज । शिवम टोल सुधार समिति, नगवा १६ द्वारा आयोजना गरिएको होली मिलन समारोह शुभकामना आदानप्रदान गरि मनाईएको छ।

सम्पूर्ण टोल वासीको सहयोगमा आयोजना गरिएको समारोहमा सांस्कृतिक कार्यक्रम गरि हर्सोहोलासका साथ एक अर्कालाई अबिर लगाई कार्यक्रम सम्पन्न गरिएको छ।

Advertisement

सुधार समितिका ललन नेपालीको सभापतित्वमा भएको कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथि बिजय यादव र अतिथिमा नगवा युवा समाजका अध्यक्ष अजय पासवान, काव्या एकेडेमीका निर्देशक हरिन्द्र कुश्वाहा , मदन यादव, मुन्ना साह, जगदीश यादव, रामाधार चौरसिया, प्रमोद कर्ण, शम्भु कुश्वाहा, जयकिशुन गुप्ता, धनराज साह, रामबाबु साह, अजय स्वर्णकार, राजाराम सरार्फ, दिनेश श्रीवास्तव, प्रभु चौरसिया, सुबास गुप्ता, लालकिशोर गुप्ता, ओमप्रकाश सरार्फ लगायत रहनुभएको थियो ।
अतिथिहरुलाई गम्छा र टिका लगाई स्वागत गरिएको थियो ।

Advertisement

स्वागत मन्तव्य राख्दै प्रध्यापक तथा टोल सुधार समितिका कोषाध्यक्ष संदिप कुश्वाहाले विगतको दुई वर्ष कोभिड १९  महामारीका कारणले हाम्रो मुख्य पर्व मध्येको बिशेष पर्व मनाउन नसकिए पनि यस वर्ष अवस्था सामान्य रहेकोले भाईचारा र असत्य माथि सत्यको प्रतिकको रुपमा रहेको यो पर्व सभ्य र भव्य रुपले मनाउन आग्रह गर्नुभयो।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि गद्दीले होलीको  शुभकामना दिदै आगामी स्थानीय तहको निर्वाचनमा पार्टी भन्दा सुख दुखमा काम लाग्ने मान्छे हेरेर मतदान गर्न अपिल गर्नुभयो। जिल्लाको नेतृत्व अब हाम्रै समाजका छोरीहरुले गर्नुपर्छ भन्ने उदेश्यले प्रदेश सरकारले छोरी बिमा कार्यक्रम, साईकल वितरण तथा अब चाडैं ल्यापटप वितरण गर्ने योजना रहेको समेत बताउनु भयो ।

भोजपुरी गायक जितेन्द्र मुस्कानको समुहले दिएको प्रस्तुतिमा टोलवासी सहित अतिथिहरु पनि झुमिएका थिए। समितिका सचिव संतोष नेपालीले कार्यक्रम संचालन गर्नुभएका थिए भने टोलवासीको उल्लेखनीय सहभागीता रहेको   समितिका अध्यक्ष बिकाश गुप्ता जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *