Categories समाचार

पर्साबाट मोटरसाइकल चोरी गरेको अभियोगमा एकजना पक्राउ

Advertisement

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

चैत ४ गते वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका नेजामुल हक अंसारीको नाउँमा रहेको ना. ५५ प. ४९८६ नम्बरको मोटरसाइकल पार्किंग गरी राखेको अवस्थामा चोरी गर्दै गरेको अवस्थामा वीरगन्ज १४ का २३ बर्षीय सुमन पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

पक्राउ परेका पटेलका सवालमा चोरी मुद्दामा अनुसंधान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *