Categories समाचार

औद्योगिक क्षेत्रमा १४ घण्टासम्म अघोषित लोडसेडिङ

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ।

विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक-डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबार यता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य भएका छन् ।

Advertisement

प्राधिकरणले शनिबार साँझ ७ बजेदेखि आठ घण्टा, आइतबार साँझ ६ बजेदेखि १२ घण्टा र सोमबार दिउँसो ४ बजेदेखि १४ घण्टासम्म लोडसेडिङ गरेको छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले मङ्गलबार साँझ ६ बजेदेखि १२ घण्टाका लागि लोडसेडिङ हुने जानकारी आएको बताए ।

Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *