Categories समाचार

विचौलियाको अन्त्य गर्ने प्रसाईँले २ अर्ब लगानीमा खोले तरकारी बजार

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।

व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गर्नुभएको हो ।

Advertisement

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार २०० कक्ष रहेका छन् ।

Advertisement

चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताउनुभयो ।

“किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उहाँको दाबी छ ।

‘म जे गर्छु नेपालमै गर्छु । नेपालीका लागि गर्छु’ भन्ने स्लोगन लिएर लागी परेका प्रसाई चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित भएका दुर्गा प्रसाईँ एमाले उद्योग विभाग उपप्रमुखसमेत हुन् । उनी झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा संचालक समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *