Categories प्रविधि समाचार

इजभिजका सिसीटिभी क्यामेरा सम्बन्धि प्राविधिक तालिम सम्पन्न, अज्ञात व्यक्ति देख्दा क्यामेरामा साइरन बज्ने

Advertisement

वीरगइज। सिसीटिभी क्यामेरा इजभिजका डिलर तथा मोबाइल व्यवसायीका लागि लक्षित प्राविधिक (टेक्निकल) तालिम सम्पन्न भएको छ ।

वीरगञ्जस्थित दियालो लर्ड्स प्लाजा होटलमा भत्सल इम्पेक्स
प्रालिको सहयोग र मधेश प्रदेशका लागि इजभिजका आधिकारीक डिलर बानी ट्रेड कन्सर्न वीरगञ्जको आयोजनमा नेपालमै पहिलो पटक टेक्निकल तालिम सम्पन्न भएको हो ।

Advertisement

पर्सा, बारा र रौतहटका इजभिज सिसीटिभी क्यामेराका विक्रेता र यस क्षेत्रका ३५ जना मोबाइल व्यवसायीलाई कार्यक्रममा तालिम दिइएको थियो ।

Advertisement

विक्रेता र व्यवसायीहरुलाइ इजभिज क्यामेराका लागि नेपालका प्रमुख टेक्निसियन प्रविन सापकोटाले क्यामेराको प्रयोग, यसका विशेषता, ग्राहकलाई बेच्ने तरिका लगायतका बारेमा तालिम दिएका थिए । तार रहित र जडान गर्न सजिलो इजभिज क्यामेरालाई मोबाइलबाट सहजै जोकोहीले पनि प्रयोग गर्न सक्ने भत्सल इम्पेक्सका चिफ बिज्नस अफिसर प्रतीक ललवानीले बताए ।

अन्य सिसीटिभी क्यामेराभन्दा सस्तो र तुलनामा राम्रो गुणस्तरको दृश्य रेकर्ड गर्न सक्ने इजभिज क्यामेरा अहिले साना व्यवसायीहरुले धेरै मन पराएको ललवानीको भनाइ थियो ।

इजीभिज क्यामेरा प्रयोगकर्ताले संसारको कुनैपनि ठाउँबाट मोबाइलमा क्यामेराको लाइभ दृश्य हेर्न सक्ने, क्यामेरा मार्फत नै कुराकानी गर्न सक्ने र रातीको समयमा अज्ञात व्यक्तिलाई
देख्न बितिकै क्यामेरामा साइरन बज्ने जस्ता अलग विशेषता पनि रहेको आयोजक डिलर बानी ट्रेड कन्सर्न वीरगञ्जका सञ्चालक बलराम मण्डलले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *