Categories विदेश समाचार

जनकपुर-जयनगर रेल सेवाको दिल्लीमा स्वीच थिचेर उद्घाटन

Advertisement

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रम देउवा र मोदीले आज  नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमास्वीच थिचेर रेल सेवाको उद्घाटन गरेका हुन् । अन्तरदेशीय रेलवेका दुवै पू्रधानमन्त्रीले हरियो झन्डा समेत फहराएका थिए । भर्चुअल माध्यमबाट भएको सो उद्घान लगत्तै भारतको जयनगरबाट नेपालको रेल जनकपुरका लागि  गुडेको छ ।

Advertisement

नेपालले भारतसँग आफ्नै रेल किनेपछि वर्षदिनभन्दा बढी समय थन्किएको थियो । अब औपचारि उद्घाटन भएसँगै आजैबाट रेल सेवा नियमित रुपमा चलाउने सरकारको तयारी छ । नेपाल रेलवे कम्पनीका अनुसार जयनगरबाट जनकपुर र जनकपुरबाट जयनगर दैनिक दुई समय रेल गुड्नेछ ।

Advertisement

एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने जनाइएको छ । दुइटा रेलमध्ये आलोपालो गरेर एक एकवटा चलाइने कम्पनीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *