Categories समाचार

राजेशमानप्रति जनलहर बढ्दै, वीरगंज–१० मा घरदैलो कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । स्थानीय तहको निर्वाचन नजिकीदै जाँदा जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।

जसपाबाट वीरगंज महानगरको मेयर पदको प्रत्यासी रहेका राजेशमान सिंहले विभिन्न वडामा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आज वीरगंज–१० मा घरदैलो कार्यक्रम गरेका छन् । उनीसंगै वडा नं. १० बाट वडाध्यक्षका प्रत्यासी सुशिल साहले पनि वडाको प्रत्येक टोल र घरघरमा भेटघाट गरेका थिए । गत स्थानीय निर्वाचनमा झिनो मतले पराजित साहले विगत ५ वर्षको कार्यकालमा जनताको दुख, सुखमा हाथोमालो गर्दै युवाहरुको जनाधार बोकेका सफले भएका साह नै जित्ने प्रवल सम्भावना कार्यक्रममा देखिएको जनलहरले देखिन्छ ।

Advertisement

यस्तै, पार्टीले औपचारिक रुपमा राजेशमान सिंहलाई जसपाबाट महानगरको मेयरको उम्मेदवार घोषणा गरेदेखी नै प्रत्येक वडामा जनलहर बढ्दै गएको छ । घरदैलो कार्यक्रममा नेता सिंहले आफूले महानगरको जमिनसंग जुटेको हरेक मुद्दालाई प्राथमिकतामा राख्दै महानगरको शिक्षा, स्वास्थ्य र युवाको रोजगारीका लागि विभिन्न अवसर सृजना गरि कार्य गरिने भन्दै वीरगंजको हरेक वडामा कार्यक्रम गर्दै जनतासंग भेटघाट कार्यलाई तिब्रता दिएका छन् ।

Advertisement

नेता सिंहले आफू मेयरमा निर्वाचित भए बर्तमान मेयर विजय सरावगीले गरेको भ्रष्टाचारलाई भण्डाफोर गरि कानुनी कटघारामा उभ्याउने बताउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *