काठमाडौंः नेकपा एकीकृत समाजवादीले पार्टीका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी अध्यक्ष नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहेका छन् ।
महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सजेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ ।







