Categories प्रदेश २ समाचार समाज

पोखरिया अस्पताल सुधारको मांग राख्दै युवा अभियन्ता आमरण अनसनमा

Advertisement

वीरगन्ज । पोखरिया अस्पताल ब्यस्थापन बिरुद्ध एक युवा सामाजिक अभियन्ता आमरण अनसन शुरु गरेका छन। अस्पताल सुधारका विभिन्न मांग राख्दै हिजो शनिबारदेखि पानी मात्र खानेगरि आमरण अनसन शुरु गरेका हुन।

Advertisement

पर्सा जिल्लाको दोस्रो सदरमुकामका रुपमा रहेको पोखरिया अस्पतालको सेवा सुबिधाहरु दिनप्रतिदिन खस्किदै जादा सर्वसाधारणलाई सास्ती भईरहेको तथा उपचार नपाएर अकालमै मृत्यु भईरहेको भन्दै हिजोदेखि पोखरिया निवासी दिनेश मिश्रा आमरण अनसनमा बसेका छन।

Advertisement

मिश्राले राखेका मांगहरु
१. अस्पतालमा आवश्यक परेको समानको खरीद अस्पतालकै जिम्मा हुनु पर्ने  ।
२, स्थानियले बिमा गराएको अनुसार औषधी उपचार पाउनु पर्ने।
३, एक्सरे तथा पैथोलोजिको सम्पूर्ण चेक जाँच अस्पताल भित्र हुनुपर्ने ।
४, कर्मचारी र डा. हरुको नामवली,फोन नं., सम्बन्धित विषेशज्ञ डा. को सुचना बोर्डमा टासिनु पर्ने ।
५, कोरोनाकालमा काम गरेका कर्मचारी र डा.को बक्यौता भत्ता र महिना पाउनुपर्ने ।
६, व्यवस्थापन समिति सुधार र थप स्थानियहरुको सहभागिता हुनुपर्ने।
७, कर्मचारीहरुको नियुक्त गर्दा सार्वजनिक र दक्ष जनशक्ति  राख्नुपर्ने ।
८. औषधीहरु पाउने व्यक्तिको वितरण फोन नं. र ठेगाना सहित पारदर्शी गर्ने ।
९, बिगत एक वर्ष देखी भेन्टीलेटर अस्पतालमा उपलब्ध भएपनि सोको संचालन तथा सम्बन्धित डाक्टरको व्यवस्थापन  गर्नुपर्ने ।
१०. अपरेशन थिएटर र आईसियु यहाँ सिघ्र संचालनको  व्यवस्था मिलाउनु पर्ने।
११. अस्पतालमा भइरहेको आमदानी खर्च वार्षिक जनतामा सार्वजनिक गर्नुपर्ने ।

Advertisement

#पर्सा #मधेस प्रदेश #पोखरिया #दिनेश मिश्रा

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *