Categories राजनीति समाचार हाइलाइट-समाचार

गिरिश गिरीको उम्मेदवारीले लियो नयाँ मोड ।

Advertisement

पर्सा । देशको एक मात्र आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज महानगरपालिका आर्थिक दृष्टिले मात्र नभइ राजनितिक दृष्टीले पनि महत्वपूर्ण मानिएको छ ।

सरकारले स्थानिय निकायको चुनाव यहि बैशाख ३० गते तोकेको छ । निर्वाचन आयोगले निर्वाचन सफल बनाउन आफ्नो सम्पुर्ण तयारी पनि पूरा गरि सकेको छ । दलका उम्मेदवारहरुको लागि मनोनयन दर्ता गर्न बैशाख ११ र १२ गते समय सिमा पनि तोकेको छ ।

Advertisement

वीरगन्ज महानगरपालिकाको लागि एमालेले पुरानै मेयर बिजय कुमार सरावगीलाई मेयरको उम्मेदवार पनि तोकि सकेको छ । पाच दलिय गठबन्धन तर्फ बाट मेयरको उम्मेदवार जसपा र उप मेयर तर्फ काग्रेस उम्मेदवार उतार्ने सहमरी भएपनी आधिकारिक उम्मेदवार भने अहिले सम्म तोकेको छैन ।

Advertisement

तर जसपाको तर्फबाट मेयर पदका लागि राजेशमान सिहको लागि भोट माग्ने काम गरि रहेको छ । दुई उम्मेदवार बीच टक्कर हुने आकलन गरि रहेको अवस्था मै राप्रपाले आफ्नो उम्मेदवार चुने लगते वीरगन्जको राजनितिकमा नया तरङ्ग ल्याएको छ ।

चिरपरिचित पत्रकार गिरिश गिरीलाइ राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को तर्फबाट वीरगन्ज मेयर पदको लागि उतारे पछि वीरगन्जमा त्रिपक्षीय लडाइ हुने भएको छ ।

गिरि वीरगन्जका पुर्व मेयर बिकास प्रेमी गोपाल गिरिका सुपुत्र हुन । २०६० सालमा शाही शासनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्रले गोपाल गिरीलाई वीरगन्जको मेयरमा मनोनीत गरेका थिए । त्यसको केही समयपछि माओवादीले उनलाई गोली हानी हत्या गरेको थियो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय गिरीले शताब्दीपुरुष सत्यमोहन जोशीको आत्मकथा र वीरगन्जमाथि एउटा गैरआख्यान पुस्तक लेखेका छन् । राप्रपाले मेयरमा उठाउने निर्णय गरेसँगै गिरीले नवीन वीरगन्जका लागि आफूले उम्मेदवारी दिने बताएका छन् ।

वीरगन्जमा यसपटक सत्ता गठबन्धन, एमाले-लोसपा र राप्रपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट वीरगन्जमा जनता समाजवादी पार्टीले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै एमालेले मेयरमा उम्मेदवारी दिँदा लोसपाले उपमेयरमा उम्मेदवारी दिने भएका छन् । केही दिनअघि मात्रै यसअघि जसपामा रहेका मेयर विजय सरावगी एमाले प्रवेश गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *