Categories समाचार

जसपाको अगुवा कार्यकर्ता भेला संगै पार्टी प्रवेशको लहर

Advertisement

पर्सा। जसपाको अगुवा कार्यकर्ता भेला संगै जसपा प्रवेश गर्नेको लहर सुरु भएको छ। स्थानीय तह निर्वाचन नजिकिदै गर्दा पर्सामा जनता समाजवादी पार्टी नेपालले अगुवा कार्यकर्ता भेलालाई तिब्र जोड दिएको छ। जसपाबाट वीरगंज महानगरको मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई विजयी गराउन महानगर छपकैया इकाई कमिटीले अगुवा कार्यकर्ता भेलालाई तिब्रता दिएको छ। इकाई कमिटीले आज बिहान वीरगंज वडा नम्बर १ छपकैयामा पार्टीका डेढ सय बढी अगुवा कार्यकर्ताहरुको भेला भव्यताका साथ सम्पन्न गरेको छ।

बसेको इकाई कमिटिको बैठकले राजेशमान सिंहलाई विजयी गराउन कुनै कसर बाकि नछोड्ने प्रतिवद्धता गरेको छ।
उता अर्कोतिर विभिन्न पार्टी परित्याग गरि एकै दिन दुई सय बढी कार्यकर्ताहरुले जसपा प्रवेश गरेका छन्। जसपा पर्साले वीरगंजको १ नम्बर वडा शान्ति टोलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा २ सय बढी जनाले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका जसपा नेता मुकेश द्विवेदीले जानकारी दिनु भएको हो ।

Advertisement

पार्टी प्रतिको जनमानसको भावनालाई मर्न नदिने नेता राजेशमान सिंहले बताउनु भएको छ। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंजका मेयर पदका उम्मेदवार राजेशमान सिंहले,”तपाईहरुले जुन आस्था र विश्वास गरि जसपा प्रवेश गर्दैहुनुहुन्छ ,हामीलाई विश्वास गर्दैहुनुन्छ त्यो आस्था र विश्वास कायम राख्न म सधै अडिक रहनेछु। तपाईहरुको भावना कहिल्यै मर्न दिनेछैन।  वीरगंज वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवार वैजनाथ साहको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रिय सदस्य जनार्द्धन यादव,नेता मुकेश द्विवेदी लगायतकाको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *