Categories समाचार

पर्साको पटेर्वासुगौलीमा कृषि सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Advertisement

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ मा कृषि सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ग्लोबल आईएमी लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय रंगपुर टाडीले पटेर्वासुगौलीका महिला र पुरुष गरी ६० जना किसानहरुलाई कृषि आधुनिकिकरण सम्बन्धी प्रशिक्षण दिएको संस्थाका डकैला शाखाका निमित्त प्रमुख राजिव कुश्वाहाले जानकारी दिनुभयो । यसका साथै संस्थाले सहभागीहरुलाई उन्नत जातको विउ समेत वितरण गरेको कुश्वाहाले बताउनुभयो ।

Advertisement

संस्थाका रंगपुर शाखा कार्यालयका प्रमुख महमद अमान्नुल्लाह सिद्धिकीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा किसानहरुलाई आधुनिक तरीकाले कृषि खेती गर्ने तरीकाबारे जानकारी गराईएको थियो भने बालिमा किरा लाग्न नदिन लागेपछि बालि जोगाउन अपनाउने उपायहरुबारे समेत जानकारी गराईएको थियो । कार्यक्रममा हाल बालिका लागि प्रयोग हुने औषधी प्रयोग गर्ने विधि बारे पनि छलफल भएको कुश्वाहाले बताउनुभयो ।

Advertisement

प्रशिक्षण कार्यक्रममा जेटीए गोविन्द भैया थारु , राम कृपाल महतो , रामनाथ यादव , चंदन कुश्वाहा , हिर्देश पासवान , शान्ति कुमारी लगायतको उपस्थिती रहेको थियो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *