Categories राजनीति समाचार

स्थानीय चुनाव र पितृसत्तात्मक सोच र व्यवहार विरुद्ध वीरगन्जमा जुलुस

पर्सा । वीरगन्जमा पितृसत्तात्मक सोच र व्यवहार विरुद्ध जुलुस निकालिएको छ।

महिला प्रतिनिधित्व पनि बीरगंज महानगरपालिकाको प्रमुख वा उप प्रमुख तथा वडा अध्यक्ष  तथा सदस्यमा हुनु पर्दछ भन्ने माग राख्दै आज विभिन्न पार्टीका व्यक्तित्वहरुको उपस्थितिमा पार्टीका नेतागणलाई दबाव दिन आज घन्टाघर देखि जुलुस निकालिएको हो ।

Advertisement

रातोपाना संग कुरा गर्दै नेतृ सुस्मा तिवारीले भन्नुभयो “केन्द्र देखि स्थानीय तहका नेतागणमा यस्ता नारा जुलुसले असर पर्छ, शंकै छ।नानी देखि लागेको बानी छिटो कहाँ जान्छ ।”

Advertisement

बैशाख ३० गते हुन गईरहेको चुनावमा महिलाको हक अधिकार कटौती गरेको हुदा तथा महिला माथी बिभेद गरेको भन्दै बिभिन्न पार्टीका महिलाहरुद्वारा बिरोध प्रदर्शन गर्दै बिरगंज घण्टाघर देखि मकालु होटल हुदै पुन्ह घण्टाघरमा कोणसभामा परिणत भएको थियो ।

सहभागीहरुले पार्टी बेच्न पाइदैन , गठबन्धनको नाममा महिला अधिकार खोस्न पाइदैन जस्ता नारा सहितको पलेकार्ड बोकेर जुलुस निकालेका थिए।

जुलुसमा समर्थन जनाउदै महिला नेतृ मोनिका सिंह समाजिक संजालमा लेख्नु हुन्छ “महिलालाई टिकट नदिने पार्टीलाई नो भोट
वीरगन्जमा साथीहरूले चुनावमा महिलाहरूको सहभागिताको लागि गरेको प्रदर्शनमा मेरो पनि ऐक्यबद्धता छ।
महिलाहरुले भोट दिन बहिष्कार गर्ने अभियान नचलाए राजनीतिमा महिला स्थापित हुन असम्भव छ।”

जुलुसमा सुस्मा तिवारी, मुन्नी श्रीवास्तव, रम्भा मिश्रा लगायत युवा समुहको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *