पर्सा । बिरगंज वार्ड नम्बर २७ उदयपुर घुर्मीमा हिजो भएको पार्टी प्रवेश कार्यक्रममा जसपाका दलित नेता रामअषिस राम र सुकइ मियाँ सहित को सम्पुर्ण टिमले जसपा परित्याग गरि नेकपा एमाले प्रवेश गरेका थिए।
नेकपा एमाले प्रवेश गरेको ६ घन्टा नबित्दै दलित नेता रामअशिष राम राति पुनः जसपा मा प्रबेश गरेका छन ।
स्थानीय तह निर्वाचनको समय नजिकिँदै जादा पार्टी हेरफेर गर्ने क्रम पनि बढेको छ । एउटा पार्टीको जिम्मेवार पद वहन गर्दा गर्दै चुनावको मुखमा विभिन्न कारण देखाउदै अर्को पार्टी प्रवेश गरिरहेको देखिएको छ ।







