Categories राजनीति समाचार

राप्रपाबाट वीरगञ्ज महानगरको मेयरमा पत्रकार गिरी र उपमेयरमा जयसवालको मनोनयन दर्ता

Advertisement


वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज महानगरको मेयरमा पत्रकार गिरिश गिरी र उपमेयरमा विना जयसवालले मनोनयन दर्ता गराए ।

राप्रपाको शनिबार बसेको बैठकले( दुई दिन अघि ) वीरगञ्ज महानगरको मेयरमा गिरिश र उपमेयरमा जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Advertisement

सोही निर्णयका अनुसार आज  गिरिश र जयसवालले पार्टीका जिल्ला अध्यक्ष अंगत ठाकुरलगायतका नेताहरुले दलबलका साथ मनोनयन दर्ता गराए ।

Advertisement

गिरिश २०६० सालतिर तत्कालीन राजा ज्ञानेन्द्र शाह सत्तामा आएपछि वीरगञ्ज नगरपालिकाको नगर प्रमुखमा मनोनीत भएका गोपाल गिरीका छोरा हुन् र लामो समयदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका थिए । त्यसतै जयस्वाल पर्साका पूर्व नेता गोखुल प्रसाद कुर्मीकी बुहारी हुन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *