काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र ढुवानीको काम आजबाट शुुरु गर्ने भएको छ ।
केही दिनमा सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आयोगको हिजोसम्मको विवरणअनुसार हालसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ ।







