Categories समाचार

कांग्रेसले कार्यकर्ताको महत्व नबुझेको आरोप लगाउदै मनोजले जसपा प्रवेश गरे ।

Advertisement

वीरगञ्ज । नेपाली कांग्रेस वीरगञ्जका प्रभावशाली नेता मनोज राउत कुर्मीले जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निकट मानिने मुर्मीले मंगलबार जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेर पार्टी प्रवेश गरेका हुन् ।

Advertisement

लामो समयदेखि कांग्रेसमा सक्रिय कुर्मीले पार्टीले पूराना र निष्ठावान कार्यकर्ताको महत्व नबुझेको आरोप लगाए । उनले आगामी दिनमा आफ्नो राजनीतिक यात्रा जसपासँग गर्ने बताउँदै मधेश आन्दोलनको अगुवई गरेर यहाँको जनतालाई अधिकार दिलाउन जसपाले महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गरे ।
भन्सार एजेन्ट संघका अध्यक्षसमेत रहेका कुर्मीको जसपा प्रवेशले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बुझिएको छ ।

Advertisement

पार्टी प्रवेश गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा निर्वाचान क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

जसपाले कुर्मीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बाट वडा अध्यक्षको उम्मेदवार पनि बनाएको छ । सोमबार कुर्मीले मनोनयन दर्ता गराएको जसपाका नेता अफ्रोज आलमले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *