वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेन र रेखा थापा आज बीरगन्ज आउदै छ । लिङ्गदेन राष्ट्रिय प्रजातन्त्र (राप्रपा) को चुनावी आमसभालाई सम्बोधन गर्न आज बीरगन्ज आउन लाग्नु भएको हो ।
केही दिन पहिले पनि बीरगन्जको विपी उद्यानमा आयोजना गरेको आमसभामा सहभागी भएर जानुभएका लिङ्गदेन बीरगन्ज महानगरपालिकाको मेयरमा गिरीश गिरीलाई उम्मेदवार बनाएपछि पुनः चुनावी सभालाई सम्बोधन गर्न आउन लाग्नु भएको हो ।
लिङ्गदेन र थापा आज दिउँसो साढे ३ बजे बीरगन्जको विपी उद्यानमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न आउनु हुने राप्रपाबाट बीरगन्ज महानगरपालिका मेयरका उम्मेदवार बन्नु भएका गिरीश गिरीले बताए ।
महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि गिरीले पहिलो पटक बीरगन्जमा चुनावी सभाको आयोजना गर्दै हुनुहुन्छ ।







