Categories प्रदेश २ समाचार

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप

Advertisement

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा लागेको छ । स्थानीय नेकपा एमालेका कार्यकर्ताहरूले अन्सारीमाथि पैसा बाँडेको आरोप लगाउँदै होहल्ला गरेपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले सुरक्षा दिएर त्यहाँबाट लिएर गएको हो ।

Advertisement

विवाद बढेपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । क्षेत्रीले भने, ‘वहाँ खाना खानका लागि स्थानीयको घरमा जानु भएको रहेछ ।

Advertisement

त्यहाँ विवाद भएपछि हामीले एयरपोर्टसम्म लगेर छाडिदिएका हौँ । उहाँलाई पक्राउ गरिएको होइन ।’ उनी बिहीबार दिउँसो साढे १ बजेको उडानमार्फत काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *