वीरगन्ज । निर्वाचन आयोगले बिहिबार पनि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छ ।
आयोगले बुधबार पनि नमुना मतपत्र लगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको थियो । बुधबार छुटेकाहरुलाई र बिहिबार मतदाता परिचय पत्र वितरण गरिने र मतदातालाई मतदान गर्ने तरिका सिकाउने आयोगले जनाएको छ ।
बुधबार धेरैजसो मतदाताले मतदानपत्र अलि झन्झटिलो भएको बताएका थिए । उनीहरूलाई बुझाउने काम भइरहेको मतदान अधिकृत र कर्मचारीहरुले जानकारी दिए । उनीहरुले मतपत्रमा छाप हान्ने र व्यवस्थित रूपले पट्याउने काम सिकाइरहेको बताए । देशभरका पालिकामा जनप्रतिनिधि छान्न शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।







