Categories समाचार

पर्साबाट अनुमति लिएका मध्ये ७७ वटा मात्रै हातहतियार बुझाइयो ।

Advertisement

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमति लिइएका मध्ये ७७ वटा मात्रै हातहतियार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

भोलि हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै अनुमति लिइएका हातहतियार बुझाउन प्रशासनले सूचना जारी गरे पनि अधिकांशले बुझाएका छैनन् ।

Advertisement

एकनाले, दुईनाले, बाह्र बोर, एयर गन, सर्ट गनलगायत ७७ हातहतियार मात्रै जिल्ला प्रहरी कार्यालयले बुझेको पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार अटो गन, पेस्तोललगायत हतियारलाई अनुमति दिइँदैन । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार जिल्लामा ७७१ वटा हातहतियारको इजाजत लिइएको छ ।

फोटो : गुगल
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *