Categories अर्थ समाचार

भुलनले एक किलो सुन कालोबजारी गरेको आरोप ।

वीरगंज। पर्सा सुनचांदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन प्रसाद सोनारले एक किलो सुन दमपच गरेको आरोप लागेको छ ।

नेपाल सुनचांदी व्यवसायी महासंघको सिफारिशमा बिके इंपोरियमको नामबाट प्रभु बैंक वीरगंज शाखाबाट स्थानीय तहको मतदान हुनु भन्दा तीन दिन अघि भुलन ले निकालेर कुनै व्यावसायीलाई नदिई कालोबजारी गरेको आरोप लागेको छ ।

Advertisement

मधेश प्रदेश भित्रका ब्यवसायीहरुको पीड़ामा मलहम लगाउने कार्य सुरु गरेको भन्दै प्रदेश सचिव प्रवेश सरार्फले आरोप लगाउदै आफ्नो फेसबुकमा लेखनु हुन्छ “पर्सा सुन चाँदी ब्यवसायी संघ को ब्यवसायी को जखम मा नुन दलने कार्य अध्यक्ष भुलन सरार्फ ले गरे ब्यवसायि को सुन कालोबजारी ग़री बिक्री सम्पूर्ण ब्यवसायी ज्यू हरु लाई जानकारी गराउन चाहन्छु।”

Advertisement

भुलनको भाई कन्हैया साह केपी स्वर्ण कलाको प्रोपराइटर यस अघि हुन्डीको कारोबारमा निकै दिन फरार रहेका थिए । अहिले मुद्रा अपचलन र हुन्डीको मुद्दा खेपिरहेका छन्  ।

यस विषयमा अध्यक्ष सोनार संग बुझन खोजदा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *