धनुषा । मानवसेवा आश्रमको शाखा जनकपुरधाममा पनि समुद्घाटन हुने भएको छ ।
मानवसेवा आश्रम जनकपुरधामको औपचारिक समुद्घाटन समारोह यहि जेठ १४ गते हुने भएको छ । उद्घाटनको तयारीमा रहेको मानवसेवा आश्रम जनकपुर शाखाको सम्पूर्ण तयारी पुरा भइसकेको आश्रमका केन्द्रीय सदस्य देवेश मानवसेवाले बताए ।
मनवसेवा आश्रमको १८ औं जिल्ला शाखाको रुपमा मानवसेवा आश्रम, जनकपुरधाम, धनुषाको औपचारिक समुद्घाटन समारोह यहीँ जेठ १४ गते शनिवारका दिन हुन गइरहेको छ ।
रा.रा. क्यापसबाट पूर्वतर्फ पिपल बोटबाट ५०० मिटर अगाडी, पहिले श्रम कार्यालय रहेको भवन (गणेश पार्टी प्यालेस) मा विहान ०७ः३० बजेदेखी ९ः३० बजेसम्म कार्यक्रम सञ्चालन हुने समेत मावसेवाले जानकारी गराए ।
केन्द्रीय सदस्य मावसेवाले उद्घाटन कार्यक्रममा सहभागी हुन अपिल गर्दै थप जानकारीको लागि : ९८४३३४७६४३, ९८५५०७६००४, ९८५५०७६००८ निम्म सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न अनुरोध समेत गरे ।






