Categories राजनीति

मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु विरगञ्ज महानगर अध्यक्ष अहमदको माग

Advertisement

वीरगन्ज । अनेरास्ववियुले सरकार आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त भएको दाबी गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको ।

अनेरास्ववियुकी अध्यक्ष आशिफ अहमद सबैलाई मुल्यवृद्विविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आव्हान गरेकी छन्।अहमदले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाई, सरकार विभिन्न कर लगाएर राजस्व उठाएर कमाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै देशैभर अब अतिआवश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगिने निश्चित छ।’

Advertisement

अहमद आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्य राखेर गरेको मूल्यवृद्धिको कदमप्रति गम्भीर खेद व्यक्त गरेकी हुन्। ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक-पटक मुल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ,‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ ।’

Advertisement

अनेरास्ववियु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको उनको भनाई छ । जारी विज्ञप्तिमा भनिएको छ,‘स्थानीय तह निर्वाचनको मतदानको मसी सुक्न नपाउदै जनतामारा सरकारले मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ ।’

नेपाल आयल निगमले पटक-पटक बढाएको छ। आइतबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रुपैयाँले बढेको छ। अब उपभोक्ताले एक सिलिन्डरलाई १ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। निगमले पेट्रोलियमको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। पेट्रोल अब प्रतिलिटर १ सय ८० र डिजेल/मट्टितेल १ सय ६३ रुपैयाँ पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य पनि बढाएको छ। प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय ६६ रुपैयाँ बनाइएको छ। हवाई इन्धन (बाह्य) अमेरिकी डलर १.५४५ बनाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढ्दै गएकाले नेपालमा पनि मूल्य बढाएको जनाइएको छ। मूल्य समायोजनपछि अब १५ दिनमा पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ। निगमले चैत २२ गते ग्यासको मूल्य बढाएर १ हजार ६ सय कायम गरेको थियो। पेट्रोलियमको भाउ वैशाख ३१ गते लिटरमा १० रुपैयाँ बढाएको थियो। पेट्रोलियम पदार्थको कारोबारबाट घाटा बढेपछि निगम भाउ बढाउन बाध्य भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। तेल खपत घटाउन सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिन थालेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *