Categories समाचार

शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै धम्काउदा गयो ज्यान, दुई बालक पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका-१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय गरी २ बालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयलाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको हो ।  

धरान उपमहानगरपालिका-५ तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा बिहीबार बिहान शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपेको तथा काटिएको अवस्थामा सन्दिप लम्जेलको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

Advertisement

शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै उनीहरूलाई लम्जेलले धम्काई गाली गलौज समेत गरेको रिसिवीमा केटी सम्पर्कमा छ भन्ने झुक्यानमा पारी उक्त खोलामा बोलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।    

Advertisement

उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *