Categories Uncategorized

एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीको सपथ भोलि

Advertisement
फाइल तस्बिर

काठमाडौं : नेकपा एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीहरुलाई सोमबार सपथ ग्रहण गराइने भएको छ।

एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो।

Advertisement

अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ नाम बुझाइसकेका छन्।

Advertisement

समाजवादीबाट सहरी विकास मन्त्रीका लागि सिफारिसमा परेका नेता मेटमणि चौधरीले आज सपथ नहुने बताए।

उनले अन्नपूर्णसँग भने, ‘आज सपथ ग्रहण हुँदैन। भोलिमात्रै गराउने भन्ने छ। सपथको समयबारे अझै जानकारी गराइएको छैन।’

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरुले सपथ लिनेछन्। त्यसपछि प्रधानमन्त्री देउवाले उनीहरुलाई नियुक्त गर्नुपर्नेछ।

समाजवादीले सहरी विकास मन्त्रालयमा चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई जिम्मेवारी दिएको छ।

हिराचन्द्र केसीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *