Categories समाचार समाज

विश्व वातावरण दिवसको अवसरमा ग्रिनसिटीद्वारा वृक्षरोपण

Advertisement

वीरगञ्ज । विश्व वातावरण दिवसको अवसरमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वृक्षरोपण गरेको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास भरतपुर चितवनको सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित भानुरत्न चौकदेखि आन्तरिक राजस्व कार्यालय हुँदै बौदी टोलसम्म विभिन्न प्रजातिका २ सय ५० वटा विरुवा रोपिएको हो । 

Advertisement

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा वृक्षरोपण कार्यक्रम समपन्न भएको हो । 

Advertisement

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यक्रमलाई सम्बोधन गर्दै वातावरणको संरक्षणका लागि खाली ठाउँमा वृक्षरोपण गर्नुपर्नेमा जोड दिए । महानगरले पनि हराभरा र स्वच्छ वीरगञ्जको परिकल्पना गरेको बताउँदै उपप्रमुख आलमले उक्त परिकल्पनालाई साकार पार्न सबै महानगरबासीलाई साथ दिन आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, श्रीजंग गण वीरगञ्जका प्रमुख सेनानी जयराम थापा, भारतीय महावाणिज्य दुतावास वीरगञ्जका नितेश कुमार, राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिकी उपसचिव सृजना श्रेष्ठ, सुष्मा गिरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *