Categories समाचार

चार दिनदेखि हराएकी सात वर्षीय बालिका मृत अवस्थामा फेला

सुर्खेत । चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका– ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् ।

गएको शनिबार उक्त नगरपालिका–५ मा आयोजना गरिएको कार्यक्रममा हजुर आमासँगै बालिका गएकोमा सोही दिनबाट हराएकी थिइन् । बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो ।

Advertisement

खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थानमा आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

Advertisement

“घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ”, प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *