बाँके । नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
गुप्ताको पसलमा सामान किन्ने क्रममा विवाद गरी बढईले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







