Categories समाचार

घरायसी प्रयोजनका लागी समान किनेर फर्कीने क्रममा एसएसबीद्वारा कुटपिट

Advertisement

वीरगञ्ज । भारतीय एसएसबीले नेपाली नागरिकलाई निर्घात कुटपिट गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. १० निवासि २३ वर्षिय सजिल मियाँलाई भारतीय एसएसबीले निर्घात कुटपटि गरि गम्भीर घाइते बनएको छ।

मियाँले घरायसी प्रयोजनको लागी समान किन्न भारतको आदापुर बजार गएका थिए । समान किनेर घर फर्कीने क्रममा भारत तर्फ खटेका एसएसबीले चेक जाँच गर्ने बहानामा अभद्र भाषाको प्रयोग गर्न साथ निर्घात कुटपटि पनि गरेको पिडित पक्षले बताएको छ ।

Advertisement

मियाँ माथी कुटपिट भए पछि त्याहाँ का स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनले गर्दा मटीअर्वा नाका अहिले सम्म तनावपुर्ण अवस्था रहेको छ ।  प्रदर्शनमा भारतीय प्रहरीको सवारी तोडफोड पनि भएको स्थानियले बताएका छन् । घाईते मियाँको उपचार बाराको सदरमुकाम कलैया स्थित रहेको कलैया अस्पतालमा भइरहेको छ भने यता स्थानियद्वारा मटिअर्वामा नाकामा प्रदर्शन जारी रहेको जनाइएको छ ।

Advertisement

मियाँलाई कुटपिट गर्ने भारतीय एसएसबीलाई कार्यवाहिको मांग गर्दै स्थानीयहरु प्रदर्शन जारी राखेका हुन । यता घटना स्थलमा पुगेका दुबै पक्षका सुरक्षाकर्मी प्रमुख बिच सम्झौता जारी रहेको बारा प्रहरीले जनाएको छ । 

फोटो : समाजिक सञ्जाल
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *