Categories समाचार

महोत्तरी : नदीको छेउमा ६ वर्षीय बालकको शव फेला

जनकपुर । जनकपुरमा एक बालकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ वसविट्टी स्थित दुधमती नदीको छेउमा अन्दाजी ६ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

हत्या गरेर पानी रहेको झाडीमा फालेको अवस्थामा शव सोमबार राति नै फेला परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त राजौरेले जानकारी दिनुभएको छ । शव केही दिन अघि जनकपुबाट बेपत्ता भएका एक बालकको भएको हुन सक्ने प्रहरीको अनुमान छ।

Advertisement

बालकको एकसाता अघि नै कसैले हत्या गरेर त्यहाँ शव फालेको हुन सक्ने घटानास्थल र शवको प्रकृतिले देखिएको छ। एकसाता अघि सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए।

Advertisement

गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो। हालसम्म बालक राँकी भेटिएको छैन।गरिबीका रेखामूनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन वितराइरहेका छन्।

उनीहरू घुमन्ते रहेको र ठाउँठाउँमा टेन्टमा बस्दै आएका छन्। केही महिनादेखि बालकका आमबुबासहित केही छिमेक जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन्। एन टि . भी प्लस

फोटो : एन टि . भी प्लस

Leave a Reply

Your email address will not be published. Required fields are marked *