Categories समाचार

मन्त्री माथी कार्यकक्षमै आफ्नै पार्टीका नेताबाट आक्रमणको प्रयास

Advertisement

काठमाडौं । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले हमला गरेका छन् । दुबै नेता बिच कुरा भइरहेको बेला अचानक बिवाद भएपछि चर्काचर्की हुदै हातहाला सम्म पुगेको बताइएको छ । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।

सो सयममा यादव सहित जसपाका निलम्बित सांसद हरिनारायण रौनियारका नेताहरुको पनि उपस्थिती रहेको थियो । नेताहरु काम बिषेशले मन्त्री भेटन मन्त्रालय पुगेको थियो ।

Advertisement

तर नेता यादवले समाचारहरुमा खबर आएजस्तो आफुले मन्त्रीलाई आक्रमण नगरेको बताएका छन् ।उनले आफूले सिफारिस गरेका योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुका साथै पानीको बोतल बजारेका मात्रै स्वीकार गरेका छन् । मन्त्रीले कुरा नसुने पछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गर्दै पानीको बोतल बजारेको यादवले बताएका छन् । उनले आफु मन्त्रीको नजिक नगएको दावी गरेका छन् ।

Advertisement

समाचारको बिस्तृत बिवरण अहिले पनि आउन बाकी रहेको छ । उनीसँगै रहेको जसपाका अर्का नेता हरिनारायण रौनियारले यस बिषयमा प्रतिक्रिया दिएका छैनन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *