Categories समाचार

वीरगञ्जवासीले सहज सेवा प्राप्त गर्ने गरि काम गरिरहेको छु : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफू नगरवासीको सेवक रहेको भन्दै त्यही अनुसार काम गरिरहेको बताएका छन् ।

ब्रह्म कुमारी राजयोग सेवा केन्द्र वीरगञ्जको आयोजनामा भएको कार्यक्रममा उनले आफ्नो परमात्मा भनेकै वीरगञ्जवासी रहेकाले उनीहरुकै सेवामा आफू तल्लिन रहेको बताए ।

Advertisement

मेरो परमात्मा भनेकै वीरगञ्जवासी हुनहुन्छ, म त सेवक हुँ, उनले भने, त्यसैले वीरगञ्जवासीले सहज सेवा प्राप्त गर्ने गरि काम गरिरहेको छु ।

Advertisement

आफूलाई मेयरमा जिताएर मात्रै वीरगञ्ज परिवर्तन नहुने भन्दै उनले त्यसका लागि निरन्तर साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।

राजेशमानलाई मेयरमा जिताएं भन्दैमा वीरगञ्ज परिवर्तन हुन सक्दैन,उनले भने जबसम्म तपाइहरुको साथ सहयोग निरन्तर रहँदैन तब सम्म केही हुँदैन । उनले भने, जिताएं भनेर तपाइहरुको जिम्मेवारी सक्किएको छैन अब झन बढी जिम्मेवारी बढेको छ ।

राजयोग सेवाकेन्द्र वीरगञ्जकी क्षेत्रीय निर्देशक रविना दिदीको सभापतित्वमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबुबाट आएका हरगोविन्द भाइ, विजयराज सिग्देल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *